जनकपुरधाम । रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुर तर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका २ लचका नजिकै ग।१ ख।५८०७ नम्बरको बस बाटो काट्दै गरेको स्याललाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायका अनुसार बसमा २० यात्रु सवार रहेकोमा १२ जना घाइते भएका हुन् ।

बस चालक दोलखा सैलुङ गाउँपालिका ८ बस्ने ३५ वर्षीय पदम बहादुर बस्नेत र र सह चालक बाराको करैयामाई गाउँपालिका ७ बस्ने ३० वर्षीय सुरज पौडेललाई प्रहरीचोकी पौराहीको नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी रायले जानकारी दिए ।

घाइतेहरु मध्ये एकजनाको अवस्था गम्भीर, तीनजनाको मध्यम र ८ जनाको समस्या रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com