पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सम्पर्कविहीन विमान मुस्ताङको लेतेमा फेला परेको छ।                                                     मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए ।                                                       बिहान ९ बजेर ५५ मिनेटमा उडेको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको थियाे।स्थानीयले जहाजमा आगो बलेकाे र ठूलाे आवाज आएकाे बताएका थिए । प्रभाकर घिमिरे चालक रहेकाे उक्त जहाजमा १९ जना यात्रु सवार थिए।
दुर्घटनाबारे थप विवरण आउन बाकीँ रहेको  छ।                                              विमानमा सवार यात्रु हरु :
ईन्द्र बहादुर गोले ,पुरुषाोत्तम गोले,राजकुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेश नारायण श्रेष्ठ,रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ,प्रकाश सुनुवा, मकर बहादुर तामाङ,राममाया तामाङ , सुकुमाया तामाङ ,तुल्सा देवि तामाङ, अशोक त्रिपाठि, धनुष त्रिपाठि, ऋतिका त्रिपाठि,युवि बिल्नर र बैभवि वाण्डेकर

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com