काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ६४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुनको मूल्य तोलामा ९ सय रूपैयाँ, मंगलबार १ हजार १ सय रूपैयाँ र सोमबार १ हजार रूपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर तोलाको १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार
प्रतिक्रिया