काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर काँग्रेसलाई हप्ताको एक पटक खबर पठाउने गरेको बताएका छन् ।

कीर्तिपुरमा आयोजित चुनावी सरकारलाई सम्बोधन गर्दै आफूहरू यो गठबन्धनलाई ०८४ सम्म लिएर जाने पक्षमा रहेको बताए ।
उनले भने, ‘आज केपी ओलीसँग सरकारमा छौँ । हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन बर्ष पूरा गर्न चाहन्छौँ । हामी सरकार तलमाथि गर्ने पक्षमा छैनौँ । हामी परिणाम दिन चाहन्छौँ ।

काँग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एकपटक लौन प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर खबर पठाउनुहुन्छ । यो खबर पठाउने काम पहिला अर्कैले गर्थ्यो ।’

उनले काँग्रेस प्रधानमन्त्रीको प्रधानमन्त्री बन्न नसक्ने भएकाले हिजो प्रचण्ड र आज ओलीलाई प्रधानमन्त्री बनाएर नहिँडेको बताए ।

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com