काठमाडौं । काठमाडौं १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन्। उनी २९०२ मत ल्याउँदै निर्वाचित भएकी हुन्।

श्रेष्ठले एमालेका लक्ष्मीरत्न तुलाधर र कांग्रेसका देवेन्द्र पाठकलाई हराएकी हुन्।

सो वडामा एमाले दोस्रो भएको छ भने कांग्रेस तेस्रो भएको छ। एकालेकी तुलाधरले २२२० मत पाएका छन् भने कांग्रेसका पाठकले २११४ मत पाएका छन्।

यसअघि उक्त वडामा नेपाली कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए। उनको निधन भएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com