काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले आज पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।
कामपा प्रशासन विभागका अनुसार महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा बिहान ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।                                                    यसलगत्तै प्रमुख साहले उपप्रमुख सुनिता डंगोललाई शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि कामपा प्रहरी बलको निजी सुरक्षाकर्मी र सवारीसाधन उनीहरूलाई लिन राष्ट्रिय सभागृह पुग्नेछ।                                                                  त्यसपछि महानगरको मुख्यालयमा स्वागत गर्ने कार्यक्रम तय भएको र दुवैजनाले सोमबार दिउँसो नै सुन्धारास्थित महानगरको मुख्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ। त्यसपछि ११ बजे नै सपथ ग्रहण गराईएका ३२ वटै वडाध्यक्ष सहितको बोर्डको बैठक बस्ने र विभिन्न निर्णय गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com