अर्घाखाँची – ७ वर्षिया बालिकालाई करणीको प्रयास गरेको आरोपमा अर्घाखाँची, मालारानी गाउँपालिका वडा नं. ७ भेडिखोरी निवासी कमल महतलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा महत लाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरी प्रवक्ता शंकर खड्काका अनुसार पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।
प्रकाशित मिति: १७ जेष्ठ २०७९, मंगलबार
प्रतिक्रिया