काठमाडौं– कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा युवाहरुले प्रदर्शन गरेका छन् ।                                                 आइतबार दिउँसो साढे २ बजे कबड्डी-४  सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथी दुर्व्यवहार गरेको भन्दै प्रहरीले मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो। युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।तर अभिनेत्री मगरले भने अभद्र व्यवहार गरेको भन्दै तामाङमाथि थप्पड  समेत हानेकी थिइन्।
प्रदर्शनको क्रममा युवाहरूले केएल टावरमा कबड्डी-४ को पोष्टर जलाउँदै अभिनेत्री मगरले तत्काल माफी माग्नुपर्ने र भिक्षुलाई नि:शर्त रिहा गरिनु पर्ने माग राखेका छन्। उता प्रहरी ले तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com