धनुषा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका–९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई पक्राउ गरेको छ।ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले आरोपित लाई पक्राउ गरेको हो।                                                    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री का अनुसार कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बेला नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्यमा निर्वाचित बिराजीलाई पक्राउ गरिएको हो ।                                                        उनले पक्राउ परेका बिराजीमाथि थप अनुसन्धान भइरहेको र आजै जिल्ला अदालतमा पेस गरिने पनि बताए ।

प्रकाशित मिति: १७ जेष्ठ २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com