राजधानीको फोहोर विसर्जन गर्ने सम्बन्धमा सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग काठमाडौं महानगरपालिकाका मेयर वालेन् शाहले अनौपचारिक वार्ता गरे ।                                             सोमबार राती १० बजेसम्म भएको उक्त वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र उपस्थित थिए। सरकारसँग वार्ताको विषयमा महत्त्वपूर्ण भूमिका खेलेका स्थानीय सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानालाई भने नबोलाईएको भन्दै एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको भन्दै स्थानीय थप आक्रोशित भएका थिए ।                                                                  मेयर घोषणा भएपछि मेयर शाहले गरेका वाचा पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान स्थानीयबासी को छ।शाहले भने भर्खरै पदबहाली भएको र अबको केही
दिनपछि माग पुरा गर्ने भन्दै केही दिन फोहोर विसर्जन गर्ने समय माग गरेको भए बन्चरेमै फोहोर व्यवस्थापन हुने जिकिर गरे । तर स्थानीय भने उहाँले फोहोर विसर्जनको अवस्था सुधार नभएसम्म फोहोर विसर्जन गराउँदिन भन्नुभएकाले उहाँको वाचा पूरा नभएसम्म फोहोर फ्याँक्न नदिने बताए ।

प्रकाशित मिति: १८ जेष्ठ २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com