भारतीय सु-प्रसिद्द गायक कृष्ण कुमार कुन्नथ (केके ) को निधन भएको छ। मंगलबर साँझ कोलकतामा एक कन्सर्टका क्रममा गीत गाउँदागाउँदै अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।                                                       कलकत्ताको नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा प्रस्तुती दिइरहेका उनी एक्कासी अस्वस्थ भएर होटलमा आएका थिए ।होटलमा आउनसाथ थप समस्या देखिएपछि उनलाई कलकत्ताकै मेडिकल रिचर्स इन्चिच्युट अस्पताल लगिएको थियो। तर अस्पाताल पुर्‍याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।                                                        उनको के कारण ले निधन भएको हो भन्ने विषयमा हालसम्म आधिकारिक जानकारी अस्पताल बाट नआए पनि भारतीय मिडियाहरुमा आएको रिपोर्टअनुसार उनलाई हृदयघात भएको हो ।

दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका ५३ वर्षिय गायक केके ले हिन्दीमा २ सयभन्दा धेरै गीत गाएका छन् ।मंगलबारको आफ्नो कार्यक्रमको केही झलक सामाजिक सञ्जालमा समेत सेयर गरेका केकेको असमायिक निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com