सप्तरी – चार किलो चाँदीका गहनासहित प्रहरीले भारत बिहारको मधुवनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ घर भएका वशिष्ट चौधरीलाई पक्राउ गरेको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टाबाट उनलाई पक्राउ गरिएको हो ।               २२ वर्षिय चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चौधरीको साथबाट गहना बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।सशस्त्र प्रहरी उपरीक्षक खड्काको गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरिएको हो ।                                                     बरामद गरिएको गहनाको बजार मूल्य ४ लाख ३८ हजार ९ सय रुपैयाँ रहेको र चौधरीलाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको बताईएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com