काठमाडौं – प्रभु बैंकको २३औं वार्षिक साधारण सभामा सीईओ अशोक शेरचनलाई तीव्र आलोचना तथा विरोधको सामना गर्नुपरेको छ। बैंकको निर्वाचन प्रक्रिया र नेतृत्वका विषयमा उठेका गम्भीर प्रश्नले सभा तनावपूर्ण बनेको थियो।

सभामा पब्लिकतर्फका उमेदवार सिर्जना वाग्ले र शेयरधनी सौरभ भण्डारीले बैंकको आन्तरिक समस्या र नेतृत्वका गलत निर्णयमाथि खरो टिप्पणी गरेपछि उपस्थित शेयरधनीहरूले ताली बजाउँदै समर्थन जनाए। ड्यासमा बसेका सीईओ शेरचन र पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन भने लाचार हुँदै असहज देखिएका थिए।

स्रोतका अनुसार, निर्वाचन प्रक्रिया टार्न र आफ्नो पकड कायम राख्न शेरचन र भट्टचनले विभिन्न बाहाना बनाउँदै सभा ढिलाइ गर्ने प्रयास गरिरहेका छन्। उनीहरूले उम्मेदवारहरूलाई प्रलोभन देखाउँदै सेटिङ मिलाउन खोजेको आरोप लगाइएको छ।

शेयरधनीहरूको तीव्र दबाब र पारदर्शिताको मागले सभा अझै थप तनावपूर्ण बन्न सक्ने आँकलन गरिएको छ। ढिलो निर्वाचन गराउँदा शेयरधनी घर फर्कने र नेतृत्व आफ्नो अनुकूल हुने रणनीतिमा शेरचन र भट्टचन रहेको दाबी गरिएको छ।

यस घटनाले प्रभु बैंकको नेतृत्वको नैतिकता र पारदर्शिता माथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रकाशित मिति: २९ पुस २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com