काठमाडौं -एमालेका नेता भानुभक्त ढकालले सरकारले ल्याएको बजेट आगामी चुनावमा जनता प्रभावित पार्ने गरी बजेट ल्याएको र त्यसको कार्यान्वयन हुन नसक्ने बताएका छन् ।आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि प्रतिनिधिसभाको बुधबार बसेको बैठककको सामान्य छलफल मा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।                                  एक घण्टामा चितवन पुगिने र दुई घण्टामा चतराबाट सगरमाथाको चुचुरोमा पुगिने कार्यक्रम ल्याएको भन्दै उनले यस्तो राजमार्ग जहाँ कल्पना गर्नेवित्तिकै चन्द्रलोक र मंगलग्रहमा पनि जान सकिने राजमार्गको परिकल्पना गर्न सरकारलाई सुझाव दिए ।                                                  साथ साथै यो सरकारको आयु ५ महिना २२ दिन रहेको भन्दै नेता ढकालले बजेट जनता देशको समस्या समाधान गर्नभन्दा पनि आगामी मंसिरमा गरिनुपर्ने चुनावमा जनता आकर्षित गर्ने खालको रहेको बताए ।

प्रकाशित मिति: १८ जेष्ठ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com