काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रका सूचकहरू समग्रमा अत्यन्त राम्रो रहेको बताएका छन् । सोमबार कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र समग्रमा राम्रो रहे पनि अराजकताले धेरै ठाउँमा असर पनि देखाइरहेको बताएका हुन् ।

‘अर्थतन्त्र समग्र रूपमा अर्थतन्त्रका आधारभूत अवयवहरू अत्यन्तै राम्रा छन्,’ गभर्नर अधिकारीले भने, ‘हामी बाह्य क्षेत्रमा सबल छौँ ।’ पछिल्लो समय बाढी, पहिरोको निकै ठुलो असर परेको देखेको पनि उनले बताए ।

‘तर पनि औसतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्यो भित्रै इन्प्लेसन बसेको अवस्था छ,’ उनले भने ।

बैंकिङ प्रणालीमा तरलता एकदमै राम्रो रहेको बताउँदै गभर्नर अधिकारीले बैङ्कहरूमा राम्रो पुँजीकरण रहेको बताए । उनले भने, ‘भलै अलिकति स्ट्रेस प्रफिटमा छ । रिकोभरीमा छ । त्यो हामीले स्पष्ट रूपमा देखेका छौँ । रिकोभरीमा भइरहेको स्ट्रेस दुई किसिमबाट गाइडेड छ ।’

यद्यपि अर्थतन्त्रमा अलिकति ‘स्लो डाउन’ भएको असर देखिने गरेको पनि उनले बताए । ‘एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ,’ गभर्नर अधिकारीले भने, ‘यसको बाबजुद बैंकका साथीहरू आफ्नो ठाउँमा ग्रास रुटमा खट्नुभएको छ ।’

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com