काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा पहिलो दल बनेपछि नेपाली कांग्रेस दम्भि र अहंकारि भएको आरोप लगाए ।बुधबार कमलपोखरीस्थित पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।                                                     उनले एमालेजस्तै कांग्रेसलाई पनि ठेगान लगाउने अवस्था नआओस् भनी चेतावनी समेत दिए ।विगतमा वाम गठबन्धन र एकता गरेको एमालेलाई अहंकारकै कारण   ठेगान लगाईएको र यतिबेला  एमाले चैनमा नरहेको भन्दै भन्दै कांग्रेसलाई पनि ठेगान लगाउने अवस्था नआओस् भनेर सचेत गराए।

प्रचण्डले  कांग्रेस पनि देशभर एमालेजस्तै दम्भि र अहंकारि हुँदै गएको भन्दै  उनले  बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि आफू र नारायणकाजी श्रेष्ठले कांग्रेसमा अहंकार नआओस् भनि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएको पनि  दाबी गरे।
उनले  संविधान, लोकतन्त्र र राष्ट्रिय रक्षाका लागि आफूहरुले गठबन्धन कायमै राखेर अघि बढ्न चाहेपनि यदी  कांग्रेसबाट अहंकार र दम्भ आयो भने त्यसविरुद्ध प्रतिकार गर्न सकिने पनि चेतावनी दिए।निर्वाचनमा गठबन्धनमा भरपर्दा माओवादीलाई सोचेजस्तो नतिजा नआएको पनि उनको भनाइ थियो।

माओवादी कहिले कांग्रेस त कहिले एमालेसँग सहकार्य गर्नु बाध्यता र आवश्यकता भएको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय आवश्यकता भनेर गठबन्धन बनाउँदा बुर्जुवाहरुले व्यक्तिगत स्वार्थमा उपयोग गरेको पनि आरोप लगाए ।यसअघि एमालेले पनि त्यस्तै गरेको र कांग्रेस त्यस्तै अहंकारी हुने हो कि भन्ने आफुलाई चिन्ता बढेको बताए ।                                                               उनले चुनावपछि एमाले चैनमा बस्ने अवस्था नरहेको भन्दै माओवादी गुगलमा भेटिन्छ भन्ने हरुकै अगाडि माओवादी पूरा शक्तिका साथ अगाडि खडा  रहेको पनि बताए ।

प्रकाशित मिति: १९ जेष्ठ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com