काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहसँगै उनको वंश विनाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ ।                               २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास हुने गरी हत्याकाण्ड भएको थियो । पारिवारिक जमघटका बेला भएको उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती सहित राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको मृत्यु भएको थियो ।
तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक भए पनि त्यसलाई धेरै नेपालीले पत्याएका छैनन् ।                                          अझैसम्म पनि उक्त हत्याकाण्ड कसले, किन गर्यो भन्ने रहस्यमै छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com