काठमाडौं । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो।                                           मन्त्रालय स्रोतका अनुसार राजा लाई पनि मर्यादाक्रममा समेटिएको छ। बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ।

यसै गरी मर्यादाक्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ।                                              मर्यादाक्रमको छैटौँ स्थानमा पूर्वराष्ट्रपति र राजालाई राखिएको छ। राजाको स्थान पूर्वराष्ट्रपति पछाडि छ। राजापछि छैटौँ स्थानमै बहालवाला उपप्रधानमन्त्री र पूर्वउपराष्ट्रपलिाई राखिएको छ।

पूर्व राष्ट्रप्रमुखका रूपमा राजालाई पहिलोपटक मर्यादाक्रममा राखिएको गृह मन्त्रालयका कर्मचारी बताउँछन्।
मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ। यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ ।मर्यादाक्रम परिमार्जन गर्न मन्त्रालयले पोखरेलको नेतृत्वमा कार्यदल बनाएको थियो।

प्रकाशित मिति: १९ जेष्ठ २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com