काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको सरकारले देश र जनतको हितमा काम गरेको भन्दै सफल भैरहेको दाबी गरेका छन् । उनले सरकारको सफलतामा बीरआई सम्झौतादेखि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्तालाई समेत उल्लेख गरेका छन् ।

एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपाल गुल्मीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारका राम्रा काम देखेर अस्थिरताका उद्यमीलाई छटपटी भइरहेको समेत आरोप लगाए ।

Advertisement

उनले अहिलेको सरकार सहमतिअनुसार नै अघि बढ्ने र तत्काल कुनै फेरबदल नआउने दाबी सुनाए । उनले ओली सरकार सिंहदरबारमा थप तस्विर झुण्ड्याउनमात्र नबनेको जिकिर गरे । उनले अर्थतन्त्रमा अहिले व्यापक सुधार भएको भन्दै निराशाको खेती बन्द गर्न चेतावनी दिए ।

प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com