काठमाडौं । केबलकार बनाउने नाममा प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका चन्द्र ढकाल र उनको स्वामित्वमा रहेको निजि कम्पनीको फाइदाका लागि राज्य संयन्त्रको दुरुपयोगगरी सामुदायिक जंगलको व्यापक फडानी भएको छ।

स्रोतका अनुसार ताप्लेजुङ जिल्लाको फुङ्लिङ–११ मा पर्ने काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म २.७४ किलोमिटर लामो केबलकार निर्माणका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका विवादित ब्यापारी चन्द्र ढकालको कम्पनी पाथीभरा दर्शन केबलकार प्रा.लि ले सरकारी संयन्त्रको सेटिङ्गमा केबलकारको बाटो पर्ने क्षेत्रमा हजारौं रूख काटिसकेको छ।

Advertisement

पाथीभरा केवलकार परियोजनाको विरोधमा जारी आन्दोलनमा प्रहरी दमन रोकिएको छैन। आन्दोलनलाई दबाउन प्रहरीले बल प्रयोग गर्नुका साथै आन्दोलनकारीका नेताहरूलाई पक्राउ गर्न थालेको छ।
विवादित ब्यापारी चन्द्र ढकालले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर सामुदायिक बन फँडानीगरी पाथिभरामा केबलकार बिस्तारको काम थालनी गरेका छन्। जसका कारण प्राकृतिक सम्पदाको ब्यापक दोहन भईरहेको छ। पाथिभरामा केवलकार बिस्तार गरेर पाथिभरा क्षेत्र व्यावसायिक प्रयोजनको लागि हडप्ने नितिमा अगाडि बढेका बिबादित व्यापारी ढकालले प्रसिद्ध माता पाथिभराको मन्दिरमा दैनिक हजारौं नेपाली तथा भारतीय श्रदालु भक्तजनको घुईचो लाग्ने हुँदा दैनिक करोडौं कुम्ल्याउने दाउमा देखिन्छन्।

ब्यापारीक प्रयोजनको लागी निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहोन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नितिगत भ्रष्टाचार भएको भन्दै सरकारको निति नै आफ्नो निकट ब्यापारी पोस्ने र नागरिक ठोक्ने भएको स्थानीयको भनाई छ। मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत स्थानीय युवाहरूमाथी प्रहरीले गोली बर्साउँदा ३ जना गम्भीर घाइते समेत भएका छन्।

केवलकार देखी होटल व्यवसायसम्म सन्चालन गरेर पाथिभरा पनि हडप्ने दाउमा रहेका ढकालको ब्यापारीक फाइदाको लागी स्थानिय धार्मिक सम्प्रदायको धार्मिक मूल्य-मान्यतामाथी समेत प्रहारगरि राज्यले सरकारी सम्पत्ति समेत ब्यक्तिलाई सुम्पिएर प्राकृतिक सम्पदाको दोहन गराउनु उचित नभएको जानकारहरु बताउँछन्। त्यसैको बिरोधमा केही समय देखी ताप्लेजुङमा आन्दोलन चर्किरहेको छ।

हिजो ( मंगलबार) गृहमन्त्री रमेश लेखकले पाँच जिल्लाका सांसदहरूसँग छलफल गरेका थिए।

विवादित पाथीभरा केबलकारको सन्दर्भलाई लिएर उनले ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र संखुवासभाका सांसदहरूसँग छलफल गरेका हुन्। सरकारले ‘नो केवलकार’ पक्षधरसँग छलफल गर्ने तर, केवलकार जसरी नि बनाउने रणनीति लिएको छ।

मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरूले १५ माघदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन्। ताप्लेजुङमा अहिले आन्दोलन चर्किरहेको छ।

 

प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com