काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारतको गोरखपुर जाने भएका छन्। उनले गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने कार्यक्रम रहेको छ।

हाल भैरहवामा रहेका पूर्वराजा शाह बिहीबार गोरखपुरतर्फ प्रस्थान गर्ने उनको संवाद सचिव फणीराज पाठकले जानकारी दिएका छन्।

Advertisement

गोरखपुर भ्रमणका क्रममा पूर्वराजाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने तय भएको पाठकले बताए।

गोरखनाथ मन्दिरमा खिचडी चढाउने परम्परा रहिआएको छ, जसलाई निरन्तरता दिँदै पूर्वराजा शाह यस पटक पनि गोरखपुर जान लागेका हुन्। सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ मन्दिर जाने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com