पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ।दैनिक पाँच घण्टा बाटो बन्द गरेर सडकखण्ड विस्तारको कार्य अघि बढाईने भएको हो ।                                           मुग्लिङ-पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले सार्वजनिक सूचना जारी गरेर जेठ २२ गतेदेखि सडकखण्ड विस्तार गर्न लागिएको बताएको छ। तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ।                                                  राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ-पोखरा सडकखण्ड अवरूद्ध हुनेछ। उक्त कार्य जेठ २२ गते आइतबारदेखि प्रारम्भ हुनेछ ।नियमित रूपमा सवारी साधन सञ्चालन हुँदा काम गर्न असजिलो पर्ने भन्दै दिनहुँ पाँच घण्टा यातायात आवागमन रोकेर सडक विस्तार कार्य गर्न लागिएको हो।                                                        उक्त कार्यराति ११ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नहुन्जेल सम्म सडकखण्ड विस्तारको कार्य हुने भएकाले उक्त सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि आग्रह गरिएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com