शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न आफू सधैं तयार रहेको बताएकी छिन् । बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन् शाह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।                                           काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा आफ्नो पूर्ण सहयोग रहने बताउँदै तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडामा पुरानै किसिमले गरेपनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी भएको समेत बताइन् । “महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार छ ।”उनले भनिन् ।
मन्त्री झाँक्रीले काठमाडौं महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको काम समेत मन्त्रालयले गर्न लागेकाले सहकार्य जरुरी रहेको पनि बताइन् ।                                                   बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न अनुरोध गरे । यस्तै उनले काठमाडौंको फोहोरलाई बञ्चरेडाँडामा तत्काल कसरी फोहोर विसर्जन भन्ने विषयमा स्थानीयबासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिन समेत आग्रह गरे ।

प्रकाशित मिति: २० जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com