काठमाडौं । नेपालमा इन्टरनेट सेवामा समस्या देखिएको छ। केही इन्टरनेट सेवा प्रदायकहरूमा इन्टरनेट पूर्ण रूपमा नचलेको वा निकै ढिलो चल्ने समस्या उत्पन्न भएको छ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीका अनुसार एयरटेल नेटवर्कमार्फत इन्टरनेट आयात गर्ने सेवा प्रदायकहरूमा यो समस्या देखिएको हो।

Advertisement

यद्यपि उक्त नेटवर्कमा समस्या के कारणले उत्पन्न भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन। नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले इन्टरनेट सेवामा आएको समस्याबारे बुझ्ने प्रक्रियामा रहेको जानकारी दिए।

 

प्रकाशित मिति: २० माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com