काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज (शुक्रबार) बिहान नुवाकोटमा रहेको सिसडोल क्षेत्रमा पुगेका थिए ।
लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न उनी उपमेयर सुनीता डंगोलसहित महानगरको टोली त्यहाँ पुगेका थिए ।                                                 केहीबेर स्थानीयसँगको कुराकानीका क्रममा स्थानीयका कुरा सुनिसके पछि मेयर साहले तत्कालको लागि केमिकल हालेर दुर्घन्ध हटाइने बताए । उनले एक हप्ताभित्रमा दुर्घन्ध हटाइने बताउँदै त्यसका लागि केमिकल लिएर आउने गाडीमा स्थानीयले अवरोध नगर्नको लागी पनि आग्रह गरे ।

स्थानीयसँगको उनको अर्को प्रतिबद्धताको क्रममा फोहोरबाट मल बनाउने सिस्टम जडान गरेर त्यहाँको फोहोरलाई मलमा परिणत गर्ने बताए । ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि अघि सार्दै यी दुवै कामको लागि कम्तिमा चार महिनाको समय लाग्ने बताए ।                                                                              सिसडोलवासीले फोहोर बिर्सजनमा अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न नसकेको विषयमा स्थानीयले राज्यसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा फोहोर विर्सजन गर्न नदिएको बताएका थिए । फोहोर र मानिसहरू एकै ठाउँमा बस्न नसकिने भन्दै चाँडो भन्दा चाँडो त्यसको व्यवस्थापन गर्न पनि उनीहरुले मेयरसँग आग्रह गरे ।                                                  फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न मेयर साहले यसअघि बिहीबार सहरी विकासमन्त्री रामकुमारी झाक्रीसँग पनि भेट गरेका थिए । भेटको क्रममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान खोज्ने विषयमा छलफल भएको थियो ।

मेयरमा निर्वाचित भएसँगै मेयर साह सिसडोल र बञ्चरेडाँडाको अवलोकनका लागि पुगेका थिए । त्यसपछि आज उनी सिसडोल पुगेका हुन् ।उनले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म कुनै पनि उत्सव नमनाउने घोषणा गरेका पनि गरिसकेका छन् ।

प्रकाशित मिति: २० जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com