काठमाडौं -काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाई भेटेका छन्। शनिबार बिहान खुमलटारस्थित दाहालको निजी निवास पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।                                              भेटमा प्रचण्डले बालेनलाई बधाई तथा सुभकामना दिएका छन्।साथसाथै  देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न समेत प्रचण्डले बालेनलाई आग्रह गरे । बालेन जस्तो युवाले नेतृत्व लिनु निकै खुसिको कुरा भएको भन्दै प्रचण्डले त्यसले आफ्नो पार्टी र आफू स्वयं पनि खुसी भएको बताए । उनले भने ‘अब तपाईँले कसरी हुन्छ जनताको समस्या समाधानमा ध्यान दिनुहोला, हामीले गर्ने सहयोग गर्नेछौं।’

प्रचण्डले बालेनको जितलाई ठूलो क्रान्ति भएको बताउँदै पहिलेका स्वतन्त्र मेयरहरू कुनै एउटा पार्टीसँग आवद्ध भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम भएको तर बालेन ले पहिलो पटक सबैलाई मिलाएर र सहकार्य गर्ने काम गरिरएको समेत बताए ।उक्त कार्य सराहनीय भएको भन्दै अध्यक्ष प्रचण्डले उक्त कार्यमा आफ्नो सधैंभरी साथ र सहयोग हुने बताए ।बालेनले पनि प्रचण्ड तथा गठबन्धनका तर्फबाट समेत आवश्यक सहयोगको अपेक्षा आफूले गरेको प्रचण्डलाई बताए ।                                                     यसअघि मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा सहरी बिकास मन्त्री रामकुमारी झाक्री समेत सँग भेटघाट गरिसकेका छन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com