काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययन बिना साइकल लेन बनाउन नसकिने बताए । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययनको अनिवार्यता रहेको भन्दै मेयर साहले साइकल गुड्ने बाटोमा गाडी हिंड्दा मानिस दुर्घटनामा पर्ने सम्भावना भएको पनि बताए । बाहिरि अन्य देश हरुमा साइकल लेन छुट्टै र फुटपाथ जस्तै वार लगाएको हुनाले सुरक्षित महशुस हुने पनि उनले बताए।
उनले गाडीहरुको स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुने भन्दै सुरक्षा पहिलो मुद्दा हुनुपर्ने बताए । हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्ने मा उनको जोड थियो ।
प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार
प्रतिक्रिया