भरतपुर माहानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले समयमै काम पुरा नगर्ने ठेकेदार कम्पनीहरुलाइ कारवाही गर्ने चेतावनी दिएका छन् । जानकी टोल, जनजागरण टोल र शिबघाट टोलले शनिबार भरतपुर ४ लंकुमा सयुक्त रुपमा आयोजना गरेको नबनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।                                                             उनले विकास निर्माणको कामलाइ हल्का रुपमा नलिन आग्रह गर्दै महानगर बिकास र समृद्धिको बाटोमा अगाडि बढेकोले हेलचक्रयाइ नगर्न पनि उनले आग्रह गरे ।                                                        उपमेयर अधिकारिले राधाकृष्ण पच्चाङ्ग मन्दिरको सत्तलको समेत उद्घाटन गरेका थिए ।कार्यक्रममा भरतपुर माहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्पण पोख्रेल, राधाकृष्ण पच्चाङ मन्दिर अध्यक्ष दुर्गादत्त खरेल, नेपाली काङ्ग्रेस भरतपुर माहानगरका प्रबक्ता इश्वर प्रभाकर श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रकाशित मिति: २२ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com