नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारवाहीको सिफारिस गरेको छ। पार्टी अनुशासन विपरीत गतिविधि गरेको, अध्यक्ष केपी शर्मा ओलीले लिएको नीतिको आलोचना गरेको र पार्टीलाई हतोत्साहित बनाउने काम गरेको भन्दै आयोगको सचिवालय बैठकले कारवाहीको सिफारिस गर्ने निर्णय गरेको हो।                                                  पार्टी अनुशासनविपरीत काम गर्नेलाई कारवाही नगरि नहुने भएकाले नेता घनश्याम भुसाल लाई केन्द्रमा कारवाहीको सिफारिस गरिएको आयोगका एक पदाधिकारीले बताए। एक टेलिभिजन अन्तर्वार्तामा स्थायी समिति सदस्य रहेका भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा स्थानीय तह निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेका थिए।उक्त पार्टी अनुशासनविरपरीत बोलेकाले बैठक बसेर कारवाहीको सिफारिस गरिएको ती पदाधिकारी को भनाई रहेको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com