जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस आज बिहान करिब ४:३० बजे रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।                                                राेहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वठा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट बस  रोहिणी नदीमा खसेको थियो ।                                                             लु २ ख ३८४१ नम्बरको उक्त बसमा ३३ जना यात्रु सवार रहेकाे बताईएको छ।घाइतेहरुकाे प्रहरीले उद्धार गरेर भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेकाे रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पाैडेलले बताएका छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com