काठमाडौं -काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन्। ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप मनाइने सिथि नखः पर्वको अवसरमा उनले यस्तो घोषणा गरेका हुन् ।                                 आइतबार बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले निष्क्रिय अवस्थामा रहेका ढुंगेधारा ब्युताउन बजेट बिनियोजन गरिने उल्लेख गर्दै भनेका छन् -‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले नै अपनत्व लिनुपर्छ भन्ने हाम्रो मान्यता छ’ ।उनले त्यसका लागि नै आगामी बजेटमा काठमाडौंमा निष्क्रिय अवस्थामा रहेका ढुंगेधारा र पानीको मुहान सुकेको अवस्थामा भएका ति ढुङ्गेधारा लाई ब्युताउन बजेट बिनियोजन गरेर उपयुक्त प्रयास गरिने बताए ।                                                                            उनले काठमाडौं मन्दिरहरुको सहरका रूपमा प्रचलित भएजसरी नै पाटीपौवा र पोखरी, इनार, ढुंगेधारा अनि कुवाहरूको पनि सहर भएको भन्दै ति सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठूलो महत्व रहेको पनि बताए ।
काठमाडौंमा सिमेन्ट संरचना निर्माण बढिरहेकाले पानीका मुहान सुक्दै गरेको बताउँदै उनले भने -‘काठमाडौंमा जहाँ खुला र खालि जमिन कम हुँदै गएको छ। सहर घरै–घरले भरिँदै गएका छन्। खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै छन्। वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ,’ मेयर शाहले अगाडि भनेका छन्, ‘यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ। यस्तो अव्यवस्थाका कारणले काठमाडौं अनि काठमाडौंवासीलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ।’

प्रकाशित मिति: २२ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com