काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन शाहल र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे बिच भेटघाट भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान उनिहरु को भेटघाट भएको हो ।                                                                  आफु मेयरमा निर्वाचित भए पछि विभिन्न राजनीतिक दलका शीर्ष नेता एवम् विभिन्न सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आएका साहले आज मुख्यमन्त्री पाण्डे संग भेटेका हुन् ।मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीका अनुसार भेटमा काठमाण्डाै महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको हो ।                                                                   यस्तै भेटमा आउँदा दिनमा बाग्मती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको बताईएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com