काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी यहीँ उत्पादन हुनुपर्ने बताए । नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।                                                          उनले कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै आवश्यक कच्चा पदार्थहरूमा पर्याप्त भन्सार छुट दिइने बताए ।अर्थमन्त्री शर्माले हुँदा हुँदा नेपालमा कोदालाका बिँड पनि बाहिरबाट आउन थालेको भन्दै अब चाहिँ त्यस्तो नहुने बताए ।उनले भने- ‘बिँड बनाउनुस्, बाहिरबाट आउनुभएन । कुटा यही बनाऔँ, बाहिरबाट आउनुभएन । कोदाला यही बनाऔँ, बाहिरबाट आउनुभएन ।’
सबै बाहिरबाट ल्याउँछाैँ भन्ने माग नगर्न र आफैँ उद्योगहरु सञ्चालन गर्न आग्रह गर्दै उनले कच्चा पदार्थमा भन्सार नलाग्ने र पर्याप्त छुट बताए ।                                                         कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरूको हस्तान्तरण र सिँचाइको व्यवस्था लगायतका कामलाई एकीकृत गरी लैजानुको आवश्यकता रहेको पनि अर्थमन्त्री शर्माले बताए।यसैबीच किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै कृषि क्षेत्रलाई सम्मान र माया गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com