नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाबाहेक अरू केही पनि नसोच्ने हरुको हातमा सरकार पुगेको बताए ।                                                 आइतवार विश्व वातावरण दिवसको अवसरमा ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।                                                       अध्यक्ष ओलीले पैसा लाई केन्द्रमा राख्ने र प्रकृति र वातावरण लाई वेवास्ता गर्ने हरुको हातमा सरकार रहेको र उनिहरुले नै राज्य संचालन गरिरहेको बताउँदै उनले भने – , ‘पैसाबाहेक अरू नसोच्नेहरूका हातमा सरकार पुगेकाे छ । यस्ताे अवस्थामा केकाे वातावरण ? त्यो सबै कुरा टुङ्गियो । यी कुरा अहिलेका सरकारका मान्छेहरूलाई थाहा छैन । वातावरण विनाशको डिलमा पुग्न लागेको छ । यसबारेमा सरकारकाे केही रूचि छ कि छैन, ज्ञान छ कि छैन ?’                                               अध्यक्ष ओलीले नेपालको हिमालले वातावरण संरक्षणमा ठुलो महत्त्वपूर्ण भूमिका खेल्न सक्ने पनि बताए । सोहिले कारणले नै आफू नेतृत्वको सरकारले ‘सगरमाथा संवाद’ कार्यक्रम तय गरेको बताए ।उनले उक्त कार्यक्रम लाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको पनि बताए ।                                                            आफूले सरकारमा रहँदा विश्वका नेताहरूसँग विषयको महत्त्व दर्शाउनका लागि संवाद गरेको पनि बताउँदै अन्तर्राष्ट्रियस्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय हुँदै गर्दा सन् २०२० मा कोभिडका कारण अघि बढ्न नसकेको तर त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुपरेको पनि ओलि ले बताए ।

वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका बढी महत्त्वपूर्ण हुने भएकाले विश्वका नेताहरूले नेपालको हिमालबारे चर्चा गर्नु पनि अति आवश्यक रहेको बताए ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com