ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १,८१७ जना चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो ।                                                        काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १४८ जना, फुटपाथमा पार्किङ गर्ने १४७ जना, तिब्र गतीमा सवारी साधन चलाउने ४० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना रहेका छन् ।                                                           ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १८ जना चालकमाथि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com