काठमाडौँ — बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको  बेला प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद गंगा चौधरी सत्गौवाले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने बताएकी छिन् ।                                                     हदम्याद राख्दा न्याय नपाइने हो कि भन्ने आशंका व्यक्त गर्दै सांसद सत्गौवाले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने र सबै पक्षको ख्याल गरेर मात्रै कानुन निर्माण गर्नुपर्ने पनि बताईन् ।उनले मन मिल्दा प्रेम र मन नमिले पछि रेप भन्ने स्थिति पनि समाजमा पैदा हुँदै गरेको भन्दै त्यो गलत भएको पनि उनले धारणा ब्यक्त गरिन् । उनले भनिन् -‘मन मिलेसम्म ‘लभ’को संज्ञा दिने, मन नमिलेपछि ‘रेप’को संज्ञा दिने ? सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो उहाँबारे कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’

सांसदले सांसदको अर्थ बाट केवल नारीका लागी मात्र नभएर पुरुषका लागि पनि बोल्नुपर्ने भन्दै  सांसद सत्गौवाले पुरुषहरू पनि पीडित भएकाले कानुनले त्यस पक्षमा बोल्नुपर्ने बताइन् ।
‘विदेशमा रहेका पुरुष या महिला हेर्नुहुन्छ भने पुरुषको पीडा कसले बोल्ने ? पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्छ । पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन । पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्छ । महिला भएर महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म सांसद हो; देशको लागि कानुन निर्माण गर्न आएका छौं ।’

उनले हदम्याद आवस्यक भएको भन्दै कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने ख्याल गर्नुपर्ने पनि उनको धारणा थियो ।’हदम्यादको कुरा धेरै उठिरहेको छ । हदम्यान राखिएन भने मुद्दाको चाङ लाग्छ अनि न्याय कसरी पाउँछन् ? यो कुरा हेर्न जरुरी छ ।
सांसद सत्गौवाले कानुन जति नै कठोर बनाएता पनि कार्यान्वयन हुने ठाउँ फितलो भएपछि समस्या हुने बताईन् । उनले सांसदले भावनामा बगेर कानुन निर्माण गर्ने या  एउटा व्यक्ति र वर्गका लागि कानुन निर्माण गर्ने भन्दा पनि समग्र अवस्थालाई हेरेर कानुन निर्माण गर्नु पर्ने भन्दै उनले भनिन् -‘महिलाले महिलाका लागि मात्रै कानुन बनाउनु हुँदैन ।’ उनले सांसदहरूलाई सांसद भएर पनि हेर्न आग्रह गर्दै हदम्याद अवस्यक भएको र कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने ख्याल पनि गर्नुपर्ने  बताइन्।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com