काठमाडौंमा ढेड सातादेखि थुप्रिँदै आएको फोहोर आज (मंगलबार) बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने बारेमा सहमति भएको छ ।उक्त सहमतिसँगै काठमाडौंको फोहोर आजैदेखि उठ्ने भएको हो ।
सहरी विकास मन्त्रालयमा सोमबार रातिसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्नेगरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको हो ।

सरकारी पक्ष र सिसडोल तथा बन्चरेडाँडाका जनप्रतिनिधिको सहभागितामा भएको उक्त वार्ताले स्थानीयका माग सम्बोधन गर्ने निर्णय गर्दै त्यसका लागि समय तालिकासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

                      साउन- देखि कुहिने र नकुहिने फोहोर अलग राख्नुपर्ने

आयोजना निर्देशक रवीन्द्र बोहोराको जानकारी  अनुसार हरेक दिन बन्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुर्ने सहमति भएको छ । यसरी माटोले पुरेपछि दुर्गन्ध नफैलिने उनले बताए ।लामो समयदेखि फोहोर थुप्रिदा काठमाडौंमा हैजाको भय बढेको थियो ।                                              अहिलेलाई विगतमा जसरी फोहोर लगिन्थ्यो, त्यसरी नै लगिनेछ । तर साउन १ देखि भने नकुहिने खालका फोहोर मात्र डम्पिङ साइटमा लैजाने सहमति भएको छ,’ बोहोराले भने ।

सहमतिअनुसार काठमाडौं महानगरपालिकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न मंगलबारबाट सूचना जारी गर्ने बताईएको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com