काठमाडौंबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोकेका छन्। सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको थियो। उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा अवरोध गरेको काठमाडौं महानगरपालिकाकी वातावरणीय विभाग प्रमुख सरिता राईले बताएकी छिन् ।
प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार
प्रतिक्रिया