काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरूले आफूलाई बदनाम गर्न लागिपरेको बताएका छन् ।                                                         पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरूपा मन्दिर तथा आसपासका सत्तल हरुको पुनर्निमाणको आज मङ्गलवार शिलान्यास गर्दै मन्त्री आलेले यस्ताे बताएका हुन् । आफूलाई मन्त्री बन्ने लोभ नरहेको पनि भन्दै अन्य नेताहरूलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा एकीकृत समाजावदी का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह समेत गरे। प्रेम आलेले चलखेल गरेको भन्दै पार्टीका केही नेताहरुले अन्तरवार्ता दिइरहेकोप्रति मन्त्री आलेले आपत्ति जनाए ।
‘मन्त्रिमण्डल निर्माण गर्दा त्यतिखेर नै ६ महिनाका लागि हामीलाई तोकिएको थियो । हामीले त आठ महिना खान पायौँ, दुई महिना त ग्रेसपार्क पाइसक्यो । अरू साथीहरूलाई मौका दिने पार्टी अध्यक्षकाे इच्छा छ भने दिनुहोस्, म खुसी छु भनेर मैले सहमति पनि दिएको हो । तर हाम्रै पार्टीभित्रका केही नेताहरू आलेले धरै चलखेल गर्‍याे भनेर अन्तर्वार्ता दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।’उनले भने ।                                                         मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको विरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडाध्यक्षको पनि साथ रहने विश्वास रहेको बताए । उनले पशुपति धर्मशालामा श्रद्धालुकाे बस्न/खान पाउने व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएको उल्लेख गर्दै बतास समूहलाई त्याे कौडीको भाउमा दिन नसक्ने पनि बताए ।

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com