काठमाण्डौ – काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोट सिसडोल ल्यान्डफिल साइट नजिकको पानी समेत प्रदूषित भएको पाइएको छ ।पानीमा प्रशस्त मात्रामा फोहोरको लिच्चड मिसिएको देखिएको काठमाण्डौ महानगरका मेयर बालेन साह ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।                                                  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानी समेत प्रदूषित भएको पाइएको थियो ।टोलीले लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको ठाउँ र लिच्चड मिसिने ठाउँभन्दा ९ सय २० मिटर पर गरेर तीन वटा फरक फरक बिन्दुबाट पानीको नमुना सङ्कलन गरेर अध्ययन गरेको हो। स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ । यसबाट त्यहाँ जल सम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको मेयर साहले उल्लेख गरेका छन् ।                                                 विज्ञ टोलीले पानी तथा लिच्चडको पूर्ण रिपोर्ट केही दिनमा आउनका साथै समस्या समाधानको विधिसहित सुझाव दिनेछ ।यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न विज्ञ टोलीले सुझाव पनि दिएको छ ।                                                मेयर साहले नास्टलगायत अन्य सङ्घसंस्थाका विज्ञहरु सँग समन्वय गरेर फोहरको समस्या समाधानमा तत्कालै गर्न सकिने, मध्यमकालीन र दीर्घकालीन अभ्यास गरिने बताए ।

प्रकाशित मिति: २५ जेष्ठ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com