काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा गएराति भयावह आगलागी भएको छ। स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राति ९ बजेतिर सुरु भएको आगो तीव्र रूपमा फैलिएको छ।

आगो नियन्त्रण गर्न काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र सशस्त्र प्रहरीको दमकल परिचालन गरिएको छ। तर, बाटो साँघुरो भएका कारण ठूला दमकल घटनास्थलसम्म पुग्न सकेनन्। यसै कारण ललितपुर महानगरपालिकाका दुई साना दमकल र पानी ट्यांकरको सहायताले आगो निभाउने प्रयास गरिएको छ।

Advertisement

आगलागीबाट कुनै मानवीय क्षति नभएको तर घरमा रहेको अन्न तथा अन्य महत्वपूर्ण सामान जलेर नष्ट भएको छ। स्थानीय बासिन्दा, दमकल टोली र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।

यस भीषण आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।

प्रकाशित मिति: १ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com