मोरङ — कोशी राजमार्गअन्तर्गत बूढीगंगा खण्डमा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार बूढीगंगा गाउँपालिका–३, महालक्ष्मी वायर नजिक मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा परी एम्बुलेन्स चालक २४ वर्षीय आशिष राई, गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि विराट शिक्षण अस्पताल लगिए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।
मृतक राईको स्थायी घर उदयपुरको पञ्चावती गाउँपालिका भए पनि उनी मोरङको बूढीगंगा–२ मा बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनाका बेला एम्बुलेन्स कहाँ जाँदै थियो भन्नेबारे भने हालसम्म खुल्न सकेको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार
प्रतिक्रिया