काठमाडौं । २० करोड बढी रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको हो। ट्रक चालक सहित दुईजना पक्राउ परेका छन्।
अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार बरामद रुपैयाँ गन्ने काम भइरहेको छ। प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए।
बरामद रकम नेपालीसँगै विदेशी मुद्रासमेत रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया