काठमाडौं । मोडल तथा गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै परीक्षार्थीहरूका लागि यो समय अत्यन्त महत्वपूर्ण भएकोले आफूले कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको स्पष्ट पारेका छन्।

विज्ञप्तिको सुरुवातमै उनले एसईई परीक्षार्थीहरूप्रति शुभकामना व्यक्त गर्दै भनेका छन्, “एसईई परीक्षामा सहभागी सबै प्रिय भाइबहिनीहरूलाई सफलताको शुभकामना। यस विशेष समयमा म कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु।”

गायक थापाले शिक्षालाई जीवनको सबैभन्दा मूल्यवान् सम्पत्ति भन्दै परीक्षार्थीहरूलाई आफ्नो मेहनत, परिश्रम र सपनाका साथ उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गरेका छन्। उनले भनेका छन्, “प्रिय भाइबहिनीहरू, अहिलेको मिहिनेतले नै भविष्य निर्धारण गर्नेछ। सबैजनालाई सफलताको धेरै धेरै शुभकामना! हजुरहरूको सफलता नै मेरो सफलता हो।”

दुर्गेशले आफूलाई आज यो स्थानसम्म पुर्याउने श्रेय आफ्ना फ्यान तथा शुभचिन्तकहरूलाई दिँदै भनेका छन्, “म जुनसुकै स्थानमा रहे पनि, जति नै ठुलो मञ्चमा उभिए पनि मेरो वास्तविक शक्ति मेरा दर्शक–श्रोताको माया र विश्वास हो। तपाईंहरूले मलाई यहाँसम्म ल्याउनु भएको हो, तपाईंहरूको साथ, ऊर्जा र समर्थनकै कारण म यो उचाइमा पुगेको हुँ।”

उनले परीक्षालाई जीवनको अति महत्वपूर्ण मोड मान्दै थपेका छन्, “सफलताको यात्रा केवल मनोरञ्जनमा मात्र होइन, शिक्षा र परिश्रममा पनि निर्भर हुन्छ। यही कारण म एसईई अवधिभर कुनै पनि सांगीतिक कार्यक्रममा सहभागी हुने छैन।”

दुर्गेश थापाले अहिले विभिन्न मेला, महोत्सव तथा अन्य कार्यक्रमहरूबाट प्रस्तुतीका लागि प्रस्तावहरू आइरहेको खुलासा गर्दै एसईई अवधिभर कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णयमा आफू अडिग रहेको बताएका छन्।

प्रकाशित मिति: ५ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com