काठमाडौं । पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध युवराज सफलले उजुरी दिएका छन्।

बिहीबार सफलले पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।

उनले पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीको काठमाडौंमा आफ्नो सुविधा सम्पन्न घर हुँदाहुँदै पनि भाडाको घरमा बसी राज्यबाट सेवा सुविधा लिएको र आफ्नै घर हुँदा पनि राज्य कोषको पैसा रित्ताउनु भ्रष्टाचार भएको उजुरीमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com