मुग्लिन-नारायणगढ र मुग्लिन-नौबिसे सडक खण्डमा चल्ने गाडीको यात्रा लामो जामका कारण समस्या पैदा भएको छ । लामो जामका कारण यात्रु हरु मर्कामा परेका हुन् ।                                                     बुधबार बेलुुकी मुग्लिन नजिकै गएको पहिरो हिजो दिउँसो अबेर पन्छाए पछि जाममा परेका गाडी चल्न थालेपनि पानी परेका कारण सडकमा भएको हिलोले गाडी अहिले पनि चापमा चलिरहेका छन् । रातभरको जामका कारण यात्रुले कष्टकर यात्रा गर्नु पर्ने अवस्था छ ।                                                       लामो जामका कारण यात्रुको बिचल्ली भएको छ भने विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको बताईएको छ। मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले दिएको जानकारी अनुसार सडक खुले पनि साँघुरो पुल र ठूूला गाडीका कारण चाप रहेको छ । उनका अनुसार सडक खुलेता पनि जाम भने हटिनसकेको र साँघुरा पुलहरुमा आलोपालो गरी गाडी पास भइरहेका छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com