बिशेष रिपोर्ट 


काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर बन्न एक दर्जन भन्दा धेरै आकाङ्क्षीहरुको लिगलिगे दौडमा प्रभु बैंकका सिईओ अशोक शेरचन अरु प्रतिस्पर्धी भन्दा एक महिना अगाडि देखि दौडिरहेका छन्।

 

शेरचनको दौड एमाले नेताको घर-दैलो सम्म मात्र होइन ती नेता सहभागी कार्यक्रममा समेत सहजै देख्न सकिन्छ। प्रधानमन्त्री ओली सहभागी कार्यक्रम मात्र होइन पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीको कार्यक्रम समेत छुटाउदैनन। आखिर छुटाउन पनि कसरी ? तिनै बिद्या भण्डारीको आशीर्वादबाट गभर्नर बनेर पैसाको नोटमा हस्ताक्षर गर्ने सपना बुनेका छन्।


  • साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्न जानेका अशोक शेरचन गभर्नर बन्ने दौडमा देखिन्छ। तर, तिनै राष्ट्रबैंक बाट पटके कारबाहीमा परेका उनलाई गभर्नर बनाइयो भने देशको अर्थतन्त्र कहाँ पुग्छ भन्ने निकै चिन्ताको विषय बनेको छ।

शेरचन गभर्नरको आकाङ्क्षी मात्र होइनन् पब्लिक कम्पनी प्रभु बैंकका सिईओ समेत हुन्। तर पब्लिकको बचत र लगानी बाट वार्षिक करोडौं तलबभत्ता बुझ्ने शेरचन बैंकमा भने भेटिदैनन्। आफू बैंकमा नहुँदा सिइओको मातहतको कामको जिम्मेवारी डेपुटी सिइओलाई दिदैंनन्। उनको कामको जिम्मेवारी छोटो समयमा चामत्कारीक बढुवा हुने सौभाग्य प्राप्त गरेकी र सिइओ भन्दा निकै जुनियर अफिसर रश्मि पन्तलाई दिनेगरेका छन्। तिनै पन्तले सिइओको कामको मात्र होइन आफैंले पनि निकै ठूलो जिम्मेवारी प्राप्त गरेकी छन्। उमेरले ३५ देखिने उनि बैंकका महत्त्वपूर्ण कामकारबाही सदैव उनकै निर्णयमा हुने गरेको देखिन्छ। प्रभु बैंकको बागडोर आफ्नो कब्जामा पार्न सफल उनी र सिईओ शेरचन सङ्गको ब्यक्तिगत सम्बन्धबारे प्रभु बैंकको साधारणसभामा समेत निकै चर्काचर्की भएको थियो। उनै शेरचनको कमजोर ब्यबस्थापनले दिनहुुँ सिथिल बन्दै गएको प्रभु बैंक डुब्ने खतरा झनै बढदै गएको छ।

तर, एउटा बैंकको व्यवस्थापनमा समेत निकै कमजोर देखिएका शेरचन राष्ट्र बैंकको गभर्नर बनेभने देशको अर्थतन्त्र प्रभु बैंक भन्दा खराब हुने आँकलनको चर्चा चुलिएको छ।

बिद्याको चाकडीले शेरचन कसरी बन्छन गभर्नर ?

पुर्व राष्ट्रपती बिद्यादेवी भण्डारी तामझामका साथ पुनः सकृय राजनितिमा आउने बाटो खनिरहेकी छन्। स्रोतका अनुसार विभिन्न सार्वजनिक कार्यक्रममा ब्यस्त पुर्वराष्ट्रपती भण्डारीले तिनै अशोक शेरचनलाई गभर्नर बनाउन प्रधानमन्त्री ओलीलाई दबाब दिइरहेकी छिन्।

शनिवार काठमाडौंको बालुवाटारमा रहेको एलिस रिसेप्सनमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘श्वेत शार्दुल’ कार्यक्रमको क्रममा समेत भण्डारीले अशोक शेरचनको खुलेर प्रशंसा गरिन्। आखिर नगरुन पनि कसरी ? कार्यक्रम आयोजक मदन भण्डारी फाउन्डेसनको नाम राखिएपनी त्यस कार्यक्रमका वास्तविक आयोजक तिनै अशोक शेरचन थिए।

निकै नै तामझामका साथ आयोजना गरिएको कार्यक्रममा शेरचन निकै नै ब्यस्त देखिन्थे। कार्यक्रममा सहभागी हरेक अतिथिहरुलाई गेटमा स्वागत गर्ने देखि चियाकफी खुवाउने र सिटमा बसाउने सम्मको काममा निकै नै हस्याङफस्याङ गरेर कुदिरहेका थिए। उनी कार्यक्रम अवधिभर कुर्सिमा बसेनन्। लाग्थ्यो कि ती ब्यक्ति कुनै कमर्सियल बैंकको सिइओ होइनन उनी कार्यक्रम स्थल एलिस रिसेप्सनका वेटर कर्मचारी हुन्।

उनले यो गर्नुको पछाडीको एउटै कारण गभर्नर बन्ने महत्वाकांक्षा हो। पछिल्लो समय सकृय राजनीतिमा आउने तयारी गरिरहेकी पुर्व राष्ट्रपति भण्डारीले पछिल्लो समय पार्टी भित्र आफ्नो पहुँच बिस्तार गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई चुनौती दिइरहेकी छिन्।

स्रोतका अनुसार, पार्टी बाट हुने हरेक निर्णय र नियुक्तिमा उनले आफ्नो भाग खोज्न थालेकि छिन्। यसैबीच केही दिनमा रिक्त हुने राष्ट्र बैंकको गभर्नर तिनै शेरचनलाई बनाउने रणनीतिमा छिन्।

वर्तमान राजनीतिक बृत्तमा गभर्नर नियुक्ति प्रक्रियामा पुर्वराष्ट्रपति भण्डारीको अगाडी प्रधानमन्त्री ओली निरीह बन्ने चर्चा सुरुभएको छ। पुर्वराष्ट्रपति भण्डारीको कोटाबाट अर्थमन्त्री बनेका विष्णु पौडेल पनि भण्डारीले सिफारिस गरेका ब्यक्तिलाई अस्विकार गर्ने क्षमता राख्दैनन् ।

समग्रमा हेर्ने हो भने साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्न जानेका अशोक शेरचन गभर्नर बन्ने देखिन्छ। तर, तिनै राष्ट्रबैंक बाट पटके कारबाहीमा परेका उनलाई गभर्नर बनाइयो भने देशको अर्थतन्त्र कहाँ पुग्छ भन्ने निकै चिन्ताको विषय बनेको छ।

प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com