पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ।                                                            सडक भासिएको क्षेत्रमा कारको नम्बर प्लेट पनि फेला परेकोले कार पनि पहिरोमा परेको हुनसक्ने भन्दै प्रहरीले कारको खोजी गरिरहेको छ ।
साथ साथै मोटरसाइकल पनि उक्त पहिरोमा परेको र मोटरसाइकल चालक भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।
घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छन्। अविरल वर्षापछि गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो।

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com