२८ चैत, बुटवल । सरकारी नियामक निकायको निर्देशनलाई कुल्चेर रुपन्देहीका पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य आफैं बढाएर बिक्री गरेका छन् ।

नेपाल आयल निगम भलबारी डीपोले डीपोबाट १५ किलोमिटरभित्रको पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तोके पनि पेट्रोेल पम्पहरुले १६० रुपैयाँ २० पैसा लिने गरेका छन् । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवलले निगमले तोकेको खुद्रा मूल्य भन्दा प्रति लिटर २० पैसा बढी लिएर बिक्री गर्न आफू मातहतका पेट्रोल पम्पहरुलाई पत्राचार नै गरेको छ । सोही अनुसार पम्पहरुलेसोही अनुसार पम्पहरुले बढी मूल्यमा पेट्रोल बेच्ने गरेका छन् ।

आयल निगमको भलबारी डीपोबाट १५ किलोमिटर दूरीमा ५३ वटा बढी पेट्रोलपम्प रहेका निगमका कर्मचारी मनोहर डीसीले बताए । यी पेट्रोल पम्पमा निगमबाट मासिक सरदर १९ लाख १९ हजार ४ सय १४ लिटर पेट्रोल आपूर्ति हुने गरेको छ । यस हिसाबले सबै पम्पको बिक्रीबाट मासिक ३ लाख ८३ हजार ८ सय ८२ दशमलब ८ पैसा उपभोक्ताबाट बढी रकम असुलिएको देखिन्छ ।

डीपोका कार्यालय प्रमुख नवदीप पोखरेलले निगमले तोकेको भन्दा बढी मूल्य लिनु गैरकानुनी भएको भन्दै त्यस्ता पम्पलाई कारबाही गर्ने बताए । अहिले डीपोमा निर्माणको काम भइरहेको र कर्मचारी कम भएकाले अनुगमन गर्न नपाइएको पोखरेलले बताए ।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com