नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत नगरिने बताएका छन् ।  शुक्रबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले पार्टी  छाडेर गएकाहरुलाई स्वागत नगरिने उद्घोष गरेका हुन् ।                                                     कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नलाए पनि स्वागत भने गर्ने चलन नभएको बताउँदै उनले भने, ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन ।’                                                          स्थानीय तहको परिणाममा एमाले सिट संख्याको हिसाबले  दोस्रो भए पनि लोकप्रिय मत प्राप्त भएकोबाट एमाले एमाले नै रहने पनि ओलिले बताए  ।एमाले लाई हराउन सिद्धान्त र विचार नै त्यागेर ६ दल मिलेको भन्दै उनले भने- ‘६ दल मिले; कुनै सिद्धान्त‚ विचार रहेन; जसरी भए पनि एमालेलाई हराउने एक मात्र सर्त रह्यो । थोरै मतले सिट संख्याका आधारमा दोस्रो भयौं तर लोकप्रिय भोटमा एमाले अगाडि नै छ ।  प्रतिनिधिसभा र प्रदेशसभाको आउँदो चुनावमा देशवासीले अत्यधिक मतका साथ एमालेलाई नै जिताउने छन् । हामी त्यसमा विश्वस्त छौँ । ‘

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com